071546766     info@dcu.org.np

कार्यहरु

१) जिल्ला स्तरमा संस्थाहरुको प्रवद्र्धन तथा संवद्र्धन गर्ने ।
२) सहकारी कार्यक्रमको प्रचारप्रसार गर्ने ।
३) स्थानिय सहकारी अगुवाहरुको नेतृत्व बिकास गर्ने ।
४) सदस्य संस्थाहरुलाई बचत परिचालन गर्न सघाउ पु¥याउने ।
५) सदस्य संस्था र बिषयगत संघहरुको आवश्यकता अनुसार ऋण, कृषिसामाग्री, कृषि उत्पादन, उपभोग्य वस्तुहर र स्थानिय उद्योगको लागी आवश्यक उपकरण तथा कच्चा पदार्थको आपूर्ति गर्ने ।
६) सदस्य संस्था बिषयगत संघहरुले उत्पादन गरेका वस्तुहरुको संचयन, प्रशोधन तथा वजार ब्यवस्थ गर्ने ।
७) संभाब्यताको आधारमा सहकारी उद्योग तथा ब्यवसायहरु संचालन गर्ने ।
८) प्रारम्भिक संस्था, बिषयगत संघ, केन्दिय संघ र राष्ट्रिय संघका बिच कार्यक्रम कार्यान्वयन तथा अन्य कुराहरुमा जिल्ला स्तरमा समन्वय कायम गर्ने ।
९) सदस्य संस्था तथा बिषयगत संघहरुको कार्यकलापमा सुधार ल्याउन नियमित रेखदेख तथा सुपरिवेक्षण सुझाव दिने ।
१०)सदस्य संस्था तथा बिषयगत संघहरुको प्रगति मूल्याङ्कन गर्ने तथा देखापर्न आएका समस्याहरुको निराकरण गर्ने÷गराउने ।
११) सहकारी संघ÷संस्थाहरुलाई शिक्षा, तालिम र सूचना प्रवाह गर्ने÷गराउने ।
१२) अन्र्तजिल्ला स्तरिय सहकारी संघ÷संस्थाहरु संग समन्वय गर्ने÷गराउने ।
१३) जिल्ला भरका सात वटा क्षेत्रहरुमा क्षेत्रीय सञ्जाल गठन गरी सहकारी अभियानलाई अगाढि बढाउने ।
१४) जिल्ला भरका सहकारी संघ÷संस्थाहरुको अनुगमन तथा निरिक्षण गरी उत्कृष्ठ सहकारी संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने÷गराउने ।

१.६ मानव संसाधन र भौतिक पूर्वाधारको अवस्था ः
१.६.१ कार्यालयको ब्यवस्थापन तर्फ ः
संघको कार्यालय बु.उ.म.पा.–८ चादवारीमा घर भाडामा लिएको भएता पनि हाल बुटवल उपमहानगरपालिका वार्ड नं.– ८ मा राष्ट्रिय सहकारी बैंक रहेको सहकारी भवनमा वचत तथा ऋण सहकारी संघ लि. को कार्यालयमा सम्पर्क कार्यालय खडा गरी एक जना ब्यवस्थापकको नियुक्ति गरी दैनिक कार्य सञ्चालन गर्दै आई रहेको छ ।
१.६.२ भौतिक सम्पत्ति तर्फ ः
जिल्ला सहकारी संघको स्थिर सम्पत्तिहरुमा मालपोत कार्यालय, रुपन्देहीमा जिल्ला सहकारी संघ लि. को नाममा दर्ता रहेको अचल संपत्ति, (जि.रु.सि.न.पा. वडा नं. मा रहेको कि.नं. को ०—४—५—० क्षेत्रफल) तथा टेवुल, कुर्चि, दराज, टेलिफोन, माईक, प्रोजेक्टर, सुझाव पेटिका आदि रहेका छन् ।

 

संघले आवद्ध संघ\संस्थाहरुलाई प्रदान गरिरहेका सेवाहरु:

  • तालिम गोष्ठी ,सहकारी शिक्षा ,वकालत र पैरबी गरिरहेको,
  • सहकारी संस्थाको क्षमता बिकासका साथ बित्तिय सुशासनका कार्यक्रमहरु,
  • सहकारी ऐन नियमावली सम्पति शुद्धिकरण सम्बन्धी जानाकारी,
  • सहकारी संस्था र सरकारी तथा गैर सरहकारी संघ संस्थाहरु बिच समन्वयात्मक कार्यक्रम गर्ने,
  • कोभिड १९ को महामारीमा संस्था संचालन विधिमा सहजीकरण गर्न मार्गदर्शन प्रदान गर्ने कार्य,
  • उत्पादनहरुलाई संचालन बिधि र बजारीकरणमा सिद्धि गणेश भद्रकली बहु सहकारी सस्था लि. साना किसान कृषि सहकारी सस्था लि.सालभण्डी दुग्ध उत्पादन सहकारी सस्था लि.जनउत्थान साकोस लि.लालटिन कृषि सहकारी सथा लि.अगुवा महिला दुग्ध उत्पादक सहकारी सस्था लि.दुरदर्शी महिला कृषि सहकारी सस्था लि.बाट लकडाउनको बिषम परिस्थितीमा दुध तथा हरियो तरकारीको बिक्रि बितरण गरि सेवा दिइएको ।

संघले गरेका अनुकरणीय कार्यहरु:

  • स्थानिय तहमा सहकारी संञ्जाल गठन गरिएका,
  • स्थानिय तहका प्रमुख उप प्रमुख प्रसासकिय प्रमुख सहितको स्थानिय तहमा सहकारीको भूमिका
    भन्ने बिषयमा कार्यशाला गोष्ठी संचालन भएको,
  • राष्ट्रिय सहकारी महासंघ लि.र GIZ/LPED परियोजन अन्तरगतको साझेदारी कार्याक्रममा सहभागि भई सदस्य क्षमता बिकासका कार्यक्रमहरु संचालन गरिरहेको,
  • प्रत्येक बर्ष सहकारी दिबशमा सहकारी बुलेटीन प्रकाशित गरी सचना प्रदान गरको,
  • १६ वटा पालिकामा सहकारी संञ्जाल गठनलाई निरन्तरता दिइरहको साथै स्वास्थय सामाग्री बितरण |

 

०७६,चैत्र ११ देशैभर लकडाउन घोषण:

 

 

०७६,चैत्र ११ देशैभर लकडाउन घोषण पालिका तहमा:

सफल हुनका लागि काम होइन कार्य शैली नया हुनुपर्छ ।

अघिल्लो बर्षको सिकाई आदान प्रदान कार्यशाला गोष्ठि पश्चातको कार्यप्रगति विवरणः

  • सहकारी मैत्री वातावरण श्रृजना भइ एक आपसमा गरेका अनुभबहरु साटासाट भइ ज्ञान अभिबृद्धि भएको ।
  • सहकारीहरुको बिचमा सम्बन्ध स्थापित हुदै गएको ।
  • सहकारी संस्थाको क्षमता बिकासमा सहयोग भैइरेहको ।
  • प्रदेश स्तरका सबै जिल्ला सहकारी संघहरु संग ब्यवसाय बिस्तार गर्ने बातावरण बनेको छ ।
  • संघहरुविच निती र विधि निर्माणमा एकरुपता ल्याउन सहज हुने वातावरण बनेको ।

 

                सघको रणनितिक योजना निर्माण २०७८ असोज २५