071546766     info@dcu.org.np

ऐतिहासिक पृष्ठभूमि

आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सहरवाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने  कपडा कारखानामा काम गर्ने   मजदुरहरुले मिल मालिक एंव पुंजिपतिहरुको चर्काे शोषणका विरुद् २८ जना  (जुलाहा) मजदुरहरुले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी ूच्यअजमबभि भत्रगष्तबदभि एष्यलभभचक क्यअष्भतथनामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए ।       आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सहरवाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने  कपडा कारखानामा काम गर्ने   मजदुरहरुले मिल मालिक एंव पुंजिपतिहरुको चर्काे शोषणका विरुद् २८ जना  (जुलाहा) मजदुरहरुले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी ूच्यअजमबभि भत्रगष्तबदभि एष्यलभभचक क्यअष्भतथनामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए । वेलायतमा १७२ वर्ष अगाडि स्थापना भएको रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता सहकारीको मर्म र भावनामा रही सन् १८५० जर्मनमा बचत तथा ऋण सहकारी सुरु भई क्रमश सन् १८६५    अमेरिका,सन् १८६६ मा इटली, सन् १८७० मा क्यानडा मा बचत तथा ऋण सहकारी संस्थाहरु स्थापना भएको देखिन्छ । त्यसै गरी सन् १८८६ माडेनमार्कमा दुग्ध सहकारी हुदै सन् १९०४ मा भारतमा र सन् १९१२ चीनमा कृषि सहकारी सस्थाहरु गठन भई क्रमश विश्वमा सहकारीको दायरा विस्तार भएको पाइन्छ ।

 

१.२ नेपालमा सहकारीको विकास र वर्तमान अवस्था ः
प्राचिनकाल देखि नै नेपालमा सहकारीताको विकास अ‍ैचोपैचो, गुठि, पर्म, ढिकुटी, धर्म भकारी आदि नामबाट सहकार्यको शुरुवात भएको पाईन्छ । नेपालमा वि.स. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको थियो । वि.सं.२०१३ चैत्र २० मा बखान सिंह गुरुड्डको नेतृत्वमा चितवन जिल्लाको बखानपुरमा बखान ऋण समितिको रुपमा पहिलो सहकारी तत्कालीन सरकारको कार्यकारी आदेशमा गठन गरेको पाईन्छ । तत् पश्चात सोही वर्ष भित्र बखान ऋण समिति समेत गरी जम्मा १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना भएका थिए ।
यसै शिलशिलामा संस्थागत कानूनी व्यवस्था गर्न २०१६ सालमा सहकारी संस्था ऐन २०१६ जारी गरी लागू गरियो । बि.स.२०१८ सालमा सहकारी संघ संस्था संचालन नियमावली २०१८ , २०१९ मा सहकारी प्रशिक्षण केन्द्र, २०२० सालमा सहकारी बैंकको स्थापना भएको पाईन्छ त्यसै गरी २०२४ सालमा कृषि विकास बेैक स्थापना सगै सहकारी बैकलाइ कृषि विकास बेकमा गाभि सहकारीको सम्पुर्ण ब्यवस्थापन कृषि विकास बेकलाइ दिइएको देखिन्छ । २०३७ सालमा सहकारीलाई साझा सहकारीको रुपमा परिवर्तन गरी संविधानमा समावेश गरियो । वि.सं. २०४१ सालमा साझा संस्था ऐन र २०४३ सालमा साझा संस्था नियमावली, २०४३ जारी भयो । प्रजातन्त्रको पुर्नरवाहली पश्चात २०४८ सालमा सहकारी ऐन २०४८ र २०४९ मा सहकारी नियामावली सरकारद्धारा जारी गरयो । २०५० साल असाढ ६ गते नेपालको सहकारी आन्दोलनको शिर्षस्थ निकाय राष्टिय सहकारी संघ स्थापना , बि.सं. २०६१ मा सहकारी विभाग र अन्तर्गतका कार्यालयहरुको पुनः संरचना, राष्ट्रिय सहकारी नीति जारी भयो । त्यसै गरी सहकारी नियमनको लागि वि.स. २०६८ वैशाख १ गते सहकारी अनुगमन तथा नियमनको मापदण्ड सरकारले जारी गरेको छ भने वि.स. २०६९ जेष्ठ ५ मा छुट्टै सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थापना र २०६९ फागुनमा राष्ट्रिय सहकारी नीति जारी भएको छ ।

हाल देशभरी झण्डै पैतीस हजार भन्दा बढी सहकारी संघ संस्थाहरु गठनभएकोमा राष्ट्रिय सहकारी संघ १, विषयगत केन्द्रिय सहकारी संघ २०, राष्ट्रिय सहकारी बैंक १, जिल्ला सहकारी संघहरु ६९, विषयगत जिल्ला संघहरु २१२ गठन भई कार्यरत रहेका छन् । नेपालको संविधान २०७२ मा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र बिकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको छ । संविधानको भाग—४ मा “राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा सार्वजनिक, नीति र सहकारी क्षेत्रको सहभागिता तथा बिकास मार्फत उपलब्ध श्रोत साधनको अधिकतम परिचालनद्धारा आर्थिक वृद्धि हासिल गर्दै दिगो बिकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निमार्ण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशिल बनाउदै समाजको निमार्ण गर्न राष्ट्रिय अर्थतन्त्रको बिकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ” भन्ने उल्लेख भएको छ । यसरी देशको आर्थिक बिकासको आधार स्तम्भको रुपमा रहेको सहकारी क्षेत्रलाई आत्मसात गर्दै तीन खम्बे आर्थिक नीति संविधानमा अंगिकार हुनुले हाम्रो देशमा सहकारी क्षेत्रको महत्वलाई उजागर गरेको छ ।