071546766     info@dcu.org.np

स्थापना

समाजमा छरिएर रहेको स्रोत साधन,पुजीलाइ समूचित परिचालन गरी सदस्य संघ संस्थाहरु तथा तिनमा आबद्धसदस्यहरुको आर्थिक ,सामाजिक तथा सास्कृतिक अबस्थामा सुधार ल्याउने उद्धेुश्यका साथ सहकारी ब्यवसाय सहकारी मूल्य मान्यता र सिद्धान्तमा आधारित रही दिगोरुपमा अगाडी बढाउन एक सबल र सक्षम नेतृत्वदायि निकायको आबश्यता महसुस भए पछि वि.सं.२०२४ साल भाद्र २६ गते सहकारी कार्यालय, रुपन्देहीमा नं ः २/९/२ (३२९)०२४ दर्ता भइ सबै सहकारी संघ/सस्थाहरुको अभिभावक संघ रुपमा क्रियाशिल रहेको छ । यस संघले सहकारी अभियानको संस्थागत विकास र संरक्षण गर्ने छाता संघकोरुपमा काम गदै आफना सदस्य संघ संस्थाहरुलाइ विकास,प्रवद्र्धन र परामर्श सेवा दिदै अएको छ ।
२०२४ सालमा स्थापित यो जिल्ला सहकारी संघ २०४८ साल सम्म सरकार नियन्त्रित रुपमा सञ्चालनमा रह्यो । सहकारी ऐन लागू भए पछि संघलाई क्रियाशिल बनाई यस क्षेत्रका सहकारी संस्थाहरुलाई एउटै छाता भित्र समेट्ने गरी तपसिल बमोजिमका ब्यक्तित्वहरुले अध्यक्षता ग्रहण गरी संघलाई अघि बढाउन योगदान गरेको देखिन्छ|