071546766     info@dcu.org.np

रुपन्देहीको सहकारी अभियान र अवस्था

रुपन्देही जिल्ला नेपालको गौरवशाली ईतिहास, विविध धार्मिक तथा रमणीय पर्यटकिय स्थल सहितको महत्व बोकेको छ । यस जिल्लामा व.सं.२०२० सालमा धकधई सहकारी संस्था दर्ता भई सञ्चालनमा आएपछि औपचारिक रुपमा सहकारी अभियन भित्रीएको देखिन्छ । २०४८ साल सम्म जम्मा २३ वटा सहकारी संस्थाहरु रहेकोमा सहकारी ऐन २०४८ जारीभए पश्चात हाल सम्म जम्मा ७३९ वटा रहेका छन् । जसमध्ये बचत तथा ऋण सहकारी संस्था ३५१, बहुउद्देश्यीय १०८, कृषि २०३, दुग्ध ५२, विविध संस्था २० वटा छन् । संख्यात्मक रुपमा रुपन्देही जिल्लामा सहकारीको विकास भएता पनि गुणात्मकतामा निखारता ल्यउन बाकी नै छ । २०७३ असार मसान्तसम्म ४ अर्व २५ करोड ८५ लाख ८८ हजार २ सय २० रुपैंया सहकारी संघ संस्थाहरुको शेयर पुजी रहेको छ ।.
जिल्लामा सहकारी संचालनका दौरानमा धेरै नै चुनौतिहरु देखिएका छन् जसमध्ये मुख्यतः सहकारीको अवधारणाबारे अल्पज्ञान र अस्पष्टता हुनु, व्यवस्थापकीय कार्यकुशलताको अभाव, नेतृत्वशैली कमजोर वा नेतृत्व कुशलताको अभाव, संस्थाप्रति पूर्ण समपर्ण र विश्वासको कमी, व्यवसायिक बन्न नसक्नु, इमान्दिारिता, पारदर्शीता र जवाफदेहितामा कमी, सहकारी माथि सरकारी लगानी न्यून हुनु, दाहोरो सदस्यता, अस्वस्थ्य प्रतिस्पर्धा हुनु, नितीगत समस्याहरु रहनु आदी छन् । उपरोक्त चुनौतिहरु समाधानका लागि सहकारीहरु बीच एकता तथा एकिकरण, सघ संंस्था संचालनका लागि आबश्यक नीति निर्माण र त्यसको कार्यान्वयन, व्यापक रुपमा सहकारी शिक्षा तथा तालिमको व्यवस्था, सदस्यता विस्तार एंव संस्थाकोउत्पादन तथा सेवाको गुणस्तर वृद्धिका लागि समय सापेक्ष कार्यक्रमहरु संचालन, व्यवस्थापकीय क्षमता अभिवृद्धि एंव प्रविधिमा जोड, नेतृत्व विकास, व्यवसायिकतामा जोड, महिला तथा युवाहरुको सक्रिय सहभागिता आदि पर्दछन् ।