सहकारीका समस्या, चुनौती तथा अवसरहरु
२.१ कार्य क्षेत्र
२.१.१. भौगोलिक अवस्था ः
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र का १६ जिल्ला मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३० १२’ १६’’देखि ८३० ३८’ १६’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई÷मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । राजनैतिक रुपले यस जिल्लालाई ७ संसदीय चुनाव क्षेत्र, १७ इलाका, ४५ गा.वि.स. र १ उपमहानगरपालिका, ५ नगरपालिकामा विभाजन गरिएको छ ।
अत्यधिक धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनकी रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको सुन्नमा पाइन्छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।
द्द.ज्ञ.द्द भू–उपयोगको स्थिति
रुपन्देही जिल्लाको कुल क्षेत्रफल १४१३६७ हे. मध्ये करिव ८२६२२ हे. जमिन आवाद गरिएको छ भने ३२००६ हे. जमिन वन जंगलले ढाकेको छ । अधिराज्यकै वीच भागमा पर्ने यो जिल्ला व्यापारिक एंव आवागमनको दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने हँुदा बसाई सराइको कारण खेतियोग्य जमिन आवास क्षेत्रमा परिणत हुने क्रम बढ्दो छ । हाल ५९५३ हे. आवास क्षेत्रले ढाकेको छ । वा“की १६७६४ हे. भूभाग पर्ति, नदीनाला, चरण लगायत अन्य क्षेत्रले ओगटेको छ । २०६८ सालको जनगणनाको आधारमा जिल्लाको घरधुरीका हिसावले जग्गाको औषत स्वामित्व ०.८६ हे. पर्दछ । निम्न तालिकावाट रुपन्देही जिल्लाको भू– उपयोगको स्थिति देख्न सकिन्छ ।
क्र.सं. | विवरण | क्षेत्रफल (हेक्टर) | प्रतिशत |
---|---|---|---|
१ | जिल्लाको जम्मा क्षेत्रफल | १,४१,३६७ | १०० |
२ | खेतीयोग्य जमिन | ८२,६२२ | ५८.४५ |
३ | खेती गरिएको जमिन
बाह्रै महिना सिंचाई हुने मौसमी सिंचाई हुने असिंचित |
८२,६२२
१०,३२२ ४७,६६७ २४,६३३ |
५८.४५ |
४ | वनजंगलको क्षेत्रफल | ३२,००६ | २२.६४ |
५ | चरन, झाडी, बुट्यान आदि क्षेत्रफल | ८,८८२ | ६.२८ |
६ | नदीनालाहरुको क्षेत्रफल | २,४६० | १.७४ |
७ | पहाड चट्टान | ४१४ | ०.२९ |
८ | आवास क्षेत्र | ५,९५३ | ४.२१ |
९ | उद्योगधन्दाले ओगटेको क्षेत्रफल | २११ | ०.१४ |
१० | रियलस्टेटले ओगटेको क्षेत्रफल | २,२८९ | १.६१ |
११ | पर्ति ÷ अन्य | ६,५३० | ४.६४ |
जम्मा | १,४१,३६७ | १०० |
संघको सेवा प्रवाहमा आईपरेका मुख्य चुनौतीहरु ः
१. स्थानिय तहको प्रथामिकतामा सहकारीहरु नपर्ने ।
२. संघ प्रति सहकारी संस्थाहरु सक्रिय नहुनु ।
३. जिल्ला सहकारीसंघ र नियामक निकाय बिचमा समन्वय हून नसक्नू ।
४. संघको आफ्नै कार्यालय नहूनू ।
५. अन्तर सहकारी संस्थाहरुको अध्ययन अवलोकन गर्न नसक्नु ।
६. सदस्य संस्थाहरुलाई अनुगमन, निरिक्षण र सहजीकरण गर्न नसक्नु ।
७. जिल्लामा रहेका सबै सहकारीहरुलाई सहभागि गराउन नसक्नु ।
८. सघको नाममा रहेको जग्गालाई परिचालन गर्न बैधानिकतामा समस्या हुनु ।
कोरोना भाइरसका कारण भोग्नुपरेको समस्याहरु र समाधानका लागि अवलम्वन गरिएका उपायहरु:
समस्याहरु |
समाधानका उपायहरु |
०७६,चैत्र ११ देशैभर लकडाउन घोषण |
|
१) जिल्ला तहमा त्यसको पुर्ण प्रभाव परेको बजारमा खादय सामाग्रिको अभाब सहकारी सघ\सस्थाहरुले उत्पादन गरेका हरिया तरकारी \दुध जन्य पदार्थको बिक्रि बितरणमा समस्या । |
१) जिल्ला सहकारी सघ लि. रुपन्देहीको आयोजनामा मिति २०७७।१।११ प्रदेश मन्त्रालय बटवल उपमहानगर पालिका संग बैठक बसि कृषि एम्बुलेन्स सेवा संचालन गरेको । संस्थाहरुद्धारा स्थानिय बजारमा बिक्रि बितरण भएका खादद्य तथा हरियो तरकारी तथा दुधको सघबाट अनुगमन गरिएको |
२) संकटकालिन परिस्थितीमा सहकारी कारोवार सञ्चालनमा अन्योलता देखिएको । |
२) जिल्ला सहकारी सघ लि. रुपन्देहीको आयोजनामा केन्द्रिय बिषयगत सघका संचालक तथा जिल्लाका सबैसघ बिच समस्या बारे मिति २०७७।१।१७ बिषम परिस्थितिमा सचेत रहि संघिय र स्थानिय सरकारको निर्देशन पालना र कारोवार संञ्चालन सम्बन्धि ९ बुदे संयुक्त अपिल जारि गरिएको र २०७७।३।१८ मा छलफल गर्दा १६ बटा पालिकामा स्वास्थ्य सामाग्रि बितरण गर्ने ।
|
३) संकटकालिन परिस्थितीमा सहकारी तथा बित्तिय क्षेत्रमा देखिएका समस्यामा पुनः छलफल २०७७।१।२७ |
३) सस्थागत जोखिम ब्यवस्थापनका लागि तत्काल आवस्यक मार्गदर्शन र सहजिकरणकालागी एक कार्यदल गठन ।
|
४) रुपन्देही डेरी ब्यवसायी सघका पदाधिकारीहरुद्धारा कृषि एमबुलेन्स मार्फत दुध विक्रेता सहकारीहरुले सस्तो मुल्यमा विक्री गरेको भनि विभिन्न निकायहरुमा उजुरी र दवाब दिन प्रयास भएको । |
४) डेरी ब्यवसायी तथा सहकारी सस्थाहरु बिच मिति २०७७।१।२७ गते संचालनामा देखिएको समस्या सामाजिक दुरी कायमगरी बैठक बसि समस्या समाधानमा सघले पहल गरेका |
|
५) कोभिड १९ महामारीले पारेको असरमा जिल्लाका स्थानिय निकायहरुमा स्वास्थ्य सामाग्रिको अभाब र सहकारी अभियानको स्थानिय स्तारमा यसका विषम परिस्थितीमा थप सचेतनामुलक भूमिकामा सक्रियताको कमि देखिएको । |
५) जिल्ला संघको अगुवाइमा राष्ट्रिय सहकारी बैक तथा सबै बिषयगत सघ तथा सस्थाहरुको सहभागितामा जिल्लाको १६ बटै पालिकामा कोभिट १९का विरुद्ध स्वास्थ्य सुरक्षा सतर्कता र सहकारी संञ्जाल गठन र त्यसको भुमिकाका विषयमा स्थानिय निकायका प्रतिनिधि र सहकारी अगुवाहरुको सहभागीतामा भौतिक दुरी कायम गर्दै अन्तरकृया सहित मिति २०७७।३।२२ देखी २५ गते सम्म स्थलगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको ।
|
६) प्रतिबेदन तयार पार्दा सम्म कैयौं ठाउमा बन्दाबन्दी कायमै रहेको छ । |
६) आगामी दिनमा कोभिड १९ ,दैबिक प्रकोप जस्ता महामारीका अवस्थामा संस्थाहरुका कारोवार सञ्चालन र अन्य विषयमा नितिगत व्यावस्थाका लागी महासंघले सम्बन्धित निकायमा पहल गर्नुपर्ने देखिन्छ । |
संघका चुनौति तथा अवसरहरु:
चुनौतीहरु |
अवसरहरु |
संस्थागत तथा चालु पुजीको कमी हुन नियमक निकाय व्यवस्थित र दक्ष जनशक्ति नहुदा समन्बय गर्न सहज नहुनु, कर्मचारीको स्थायीत्व हुन नसक्नु, खुला सिमाना, ब्यावसायीक जनचेतनाको कमी, अब्यावारिक कर ब्यवस्था, सघ सस्थाको अनुगमान, तथा निरिक्षण गर्न नसक्न, सहकारीका सिद्धान्त र मुल्यहरुलाई आत्मसाथ गर्दै यस सघ आवद्ध सहकारी सस्थाको लगानीमा सहकारी सस्थाको ब्यवसायीकरण गर्नका निमित्त |
शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक आवास लगायतका सामाजिक क्षेत्रका कार्यहरू मार्फत् शेयर सदस्य तथा अन्य व्यक्तिहरू समेतलाई सामाजिक सुरक्षा प्रदान गर्न सकिने, कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक गतिविधिहरूको सञ्चालन मार्फत् रोजगारीको सिर्जना र अभिवृद्धि गर्नुका साथै राज्यको गरिबी न्यूनीकरण अभियानमा प्रमुख साझेदार भई सहयोग गर्न सकिने । उत्पादन,प्रशोधन र बजारिकरण को प्रयप्त सभांवाना सघ आवद्ध सहकारी सस्थाको लगानीमा |